समाचारआइतबार, आश्विन ३, २०७२

बर्दियामा निषेधाज्ञा हटाइयो, कतै दीपावली त कतै राँके जुलुस

हिमालखबर

swagat

स्वागत

नयाँ सविधानको स्वागत गर्दै वर्दियाका केही स्थानमा दीपावली गरिएको छ भने कतै विरोधमा राँके जुलुस पनि निकालिएको छ ।

नयाँ सविधान जारी हुन लागेको भन्दै बर्दियाको भुरीगाँउमा २ असोज साँझ मोटरसाईकल र्याली र दीप प्रज्वलन गरियो भने सीमाङ्कनमा चित्त नबुझेको भन्दै थारु संघर्ष समिति र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले सदरमुकाम गुलरीया सहित भुरीगाँउ, राजापुर, बाँसगढी लगायतका क्षेत्रमा राँके जुलुस प्रर्दशन गरेका छन् ।

संविधान घोषणाको पूर्व सन्ध्यामा सदरमुकाम गुलरियाको राधाकृष्ण चोकमा आतिसवाज सहित दीपावली गरिएको छ ।

भुरीगाउँमा स्थानीय युवाहरुले नयाँ संविधानको स्वागत गर्दै दीप प्रज्वलन साथै मोटरसाइकल र्‍यालीको आयोजना गरे ।

विरोध

विरोध

यता सीमाङ्कनमा चित्त नबुझेको भन्दै बर्दियाको सदरमुकाम गुलरिया सहित चार वटै निर्वाचन क्षेत्रमा थरुहटका कार्यकर्ताले मसाल जुलुस पनि प्रर्दशन गरे ।

निषेधाज्ञा हटाइयो
नयाँ संविधान जारी हुन लागेको भन्दै बर्दियाको सदरमुकाम गुलरिया र राजापुरमा लगाईएको निषेधाज्ञा ३ असोज विहान देखि हटाइएको छ ।

गत ८ भदौदेखि गुलरिया र राजापुरमा सभा सम्मलेन गर्न, सामूहिक भेला हुन लगायतका सार्वजनिक कार्यक्रम गर्नमा लगाइएको निषेधाज्ञा ३ असोज विहानदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी दिए ।
भावुक योगी, बर्दिया

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>