Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रहरी चौकीमा सिलिन्डर बम विस्फोट - Himalkhabar.com

थप समाचारआइतबार, आश्विन ३, २०७२

प्रहरी चौकीमा सिलिन्डर बम विस्फोट

हिमालखबर

दाङ्को लमही- १ नर्तीमा रहेको अस्थायी प्रहरी चौकीमा गएराति सिलिन्डर बम विस्फोट भएके छ ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख लक्ष्मण शाहीले दिएको जानकारीअनुसार बम विस्फोटबाट मानवीय क्षति नभए पनि प्रहरी पोष्ट रहेको घर चर्किएको र स्थानीय शिवा शर्माको घरमा सामान्य क्षति पुगेको छ ।

नर्तीको अस्थायी प्रहरी चौकीमा बसोबास गर्दै आएका सुरक्षाकर्मीहरु भने हाल वडा प्रहरी कार्यालय लमहीमा बस्दै आएका छन् ।
राति करिब १ बजे बम विस्फोटको ठूलो आवाज सुनिए पनि प्रहरीले आज बिहान अबेरमात्र घटनाको पुष्टि गरेको छ ।

स्थानीयवासीले भने आफूहरु रातभरि त्रसित वातावरणमा बस्नुपरेको बताएका छन् ।

यसैबीच बन्दको अवज्ञा गरेको भन्दै लमही गढवा सडक खण्डको बलरामपुरमा गएराति एउटा अनटेस्ट मोटरसाइकल जलाइएको छ ।

त्यसैगरी राजमार्गमा गुडिरहेको बसमा आज ढुङ्गा प्रहार गरेको अभियोगमा दाङमा प्रहरीले दुईजनालाई पक्राउ गरी नियन्त्रणमा लिएको जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>