थप समाचारआइतबार, आश्विन ३, २०७२

कपिलवस्तुः कतै स्वागत त कतै विरोधको तयारी

हिमालखबर

kapilvastuसंविधान सभाबाट आज साँझ संविधान जारी हुने भए पनि कपिलवस्तु सदरमुकाम तौलिहवामा भने हर्षको कुनै संकेत छैन ।

लगातार ३५ दिन सम्म वन्दको मारमा परेको कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा आज पनि सुनसान देखिएको छ ।

मधेशी मोर्चाको वन्दका कारण सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडी लगायतका क्षेत्रहरु पूर्णरुपमा वन्द छन् ।

वन्दका कारण जिल्लामा ३५ दिनदेखि यातायात, शिक्षण संस्था, कलकारखानाहरु सञ्चालन हुन सकेका छैनन् ।

संविधानसभा भवनबाट संविधान जारी हुँदै गर्दा सदरमुकमा तौलिहवामा भने मुखमा कालो पट्टी बांधी विरोध जुलुश प्रदर्शन गर्ने कार्यक्रम मोर्चाको छ ।

सोही समयमा जिल्ला सदरमुकाम लगायत मोर्चाको प्रभाव क्षेत्रमा ब्ल्याक आउट गरी संविधानप्रति विरोध जनाउने र तौलिहवामा विरोध जुलुश समेत आयोजना गर्ने भन्दै मोर्चाले हिजैदेखि माइकिङ गरेको छ ।

तर, जिल्लाका राजमार्ग क्षेत्रका ओदारी, वाणगंगा, पिपरा, गोरुसिंगे, महेन्द्रकोट लगायतका क्षेत्रहरुमा भने सर्वसाधारणहरुमा हर्ष उल्लास छाएको छ ।

उनीहरुले आज सांझ विभिन्न चोक, सार्वजनिक स्थल र घर घरमा दीपावली गरी नयां संविधानको स्वागत गर्ने कार्यक्रमको तयारी गरेका छन् ।

गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>