समाचारआइतबार, आश्विन ३, २०७२

वीरगञ्ज तनावग्रस्त, प्रहरीको गोलीबाट प्रदर्शनकारीको मृत्यु

हिमालखबर

वीरगञ्जमा कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन हुन थालेपछि प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु भएको छ ।

वीरगञ्जको माइस्थान, गितामन्दिर रोडमा प्रहरीले चलाएको गोली लागि पकाहा मैनपुरका शत्रुधन पटेलको मृत्यु भएको हो ।

प्रहरीले प्लास्टिक गोलीको छर्राले लागेर घाइते भएका पटेलको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

प्रहरीको गोलीबाट अन्य दुई जना पनि गम्भीर घाइते भएको खबर प्राप्त भएको छ । त्यसैगरी थप २० जना प्रदर्शनकारी प्रहरीको लाठी चार्जबाट घाइते भएका छन् ।

अहिले वीरगञ्ज क्षेत्रमा गाउँगाउँबाट लाठी र कालो झण्डा बोकेर आएका युवाहरुले प्रदर्शन गरिरहेका छन् ।
सुरेश विडारी, वीरगञ्ज
——————————————————————–

वीरगञ्जमा कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शन, प्रहरीले गोली चलायो

वीरगञ्जमा कर्फ्यूको अवज्ञा गर्दै भएको प्रदर्शन हिंसात्मक हुन थालेपछि प्रहरीले गोली चलाएको छ ।

३ असोज विहान करिब ९ बजेदेखि कर्फ्यूको अवज्ञा गर्दै छपकैयाबाट शुरु भएको प्रदर्शन अहिले माइस्थान, घण्टाघर र नयाँ वसपार्कमा केन्द्रित भएको छ ।

मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडप बढदै जाँदा प्रहरीले चलाएको गोलीबाट दुई जना घाइते भएको खवर प्राप्त भएको छ । त्यसैगरी अन्य १० जना प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक शेष अदलत पनि घाइते भएको वीरगञ्ज सहकर्मी सुरेश विडारीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>