समाचारआइतबार, आश्विन ३, २०७२
संविधानको स्वागतमा झापामा र्याली

तस्वीर: गोपाल गडतौला
संविधान जारी हुन लागेको खुशियालीमा झापाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा मोटरसाइकल र्याली निकालिएको छ ।
र्यालीलाई झापाका धुलाबारी, विर्तामोड, सुरुंगा र दमकका स्थानीयवासीले सडक किनारमा उभिएर स्वागत गरेका छन् ।
यद्यपी लिम्बुवानका कार्यकर्ताले भने र्यालीलाई दमकमा कालो झण्डा देखाएका थिए ।
बिहान ११ बजे पूर्वी सीमा काँकडभिट्टाबाट शुरु भएको मोटरसाइकल र्यालीमा कांग्रेस, एमाले र एमाओवादीका कार्यकर्ता सहभागी थिए ।
र्याली पश्चिम झापाको मावा पुलसम्म पुगेर दमक बसपार्कमा आई सभामा परिणत भएको थियो ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
