Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एएफसी यू–१६ फुटबल: ओमन–२, नेपाल–० - Himalkhabar.com

खेलकुदआइतबार, आश्विन ३, २०७२

एएफसी यू–१६ फुटबल: ओमन–२, नेपाल–०

हिमालखबर

एएफसी यू–१६ च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र ओमानको जारी अन्तिम खेलमा ओमानले शून्यका विरुद्ध दुई गोल गरेको छ ।

किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा जारी खेलमा ओमानले नेपाललाई खेलको पहिलो हाफ सकिँदा शुन्यका विरुद्ध दुई गोल हानेको हो ।

यसअघि दुई खेल खेलेको नेपालले शतप्रतिशत जित निकाल्दै ६ अङ्क जोडेको छ ।

यस अघि भएको पहिलो खेलमा नेपालले जोर्डनलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गर्न सफल भएको थियो । त्यस्तै, दोस्रो खेलमा घरेलु टोली किर्गिस्तानलाई ४–२ ले पराजित गरेको थियो ।

विभिन्न १० समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा समूह विजेता टोलीले अर्को वर्ष भारतमा हुने एएफसी च्याम्पियनसिप प्रतियोगिताका लागि सिधै छनोट हुनेछ ।

दश टोली मध्येबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले पनि प्रतियोगितामा सहभागिताको मौका पाउने छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>