समाचारआइतबार, आश्विन ३, २०७२
विराटनगर: संविधानका समर्थक र विरोधी दुबैको जुलुश, दुबैले मोटरसाइकल जलाए

संविधानको स्वागतमा विराटनगरमा ५ दलले निकालेको मोटरसाइकल र्याली । तस्वीर: कमल रिमाल
नेपालको संविधान– २०७२ को स्वागत र विरोध गर्ने दुवैले विराटनगरमा जुलुस निकालेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले तीन वटा मोटरसाइकल जलाएपछि संविधानको समर्थन गर्नेहरुले आन्दोलनकारीका दुई वटा मोटरसाइकल जलाएका छन् ।
प्रहरी नायव उपरीक्षक प्रमोद खरेलका अनुसार, आन्दोलनकारीले विराटनगरको दुर्गा चोकमा सर्वसाधारणका चार वटा मोटरसाइकल र एउटा साइकल जलाएपछि बरगाछी चोकमा स्थानीयले आन्दोलनकारीका कालो झण्डा झुण्ड्याइएका दुई मोटरसाइकल जलाएका हुन् ।
कांग्रेस, एमाले, एमाओवादीलगायत पाँच दलको आह्वानमा निकालिएको मोटरसाइकल र्यालीले विराटनगरका बजार र भारतीय सीमावर्ति क्षेत्रको परिक्रमा गरेको छ ।

संविधानको विरोधमा मधेशी मोर्चाले निकालेको जुलशका सहभागी । तस्वीर: कमल रिमाल
सयौंको संख्यामा मोटरसाइकलमा सवार दलका कार्यकर्ता तथा सर्वसाधारणले संविधानको स्वागतमा नारा लगाउंदै बिभिन्न क्षेत्रको परिक्रमा गरे ।
नगरको महावीर चोकमा भने र्यालीको पछिल्लो भागमा रहेका मोटरसाइकलमा सवारहरुलाई अपरिचित ब्यक्तिहरुले ढुंगा प्रहार गरेका थिए ।
मधेशी मोर्चाको आह्वानमा नगरका बिभिन्न भागबाट निकालिएको जुलुश नगरको मेनरोडमा भेला भई लाठी लिएर प्रर्दशनमा उत्रिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
