Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
राष्ट्रपति रामवरण यादवले संविधान प्रारम्भ भएको घोषणपछि दिएको मन्तव्य - Himalkhabar.com

रिपोर्टआइतबार, आश्विन ३, २०७२

राष्ट्रपति रामवरण यादवले संविधान प्रारम्भ भएको घोषणपछि दिएको मन्तव्य

हिमालखबर

जनताका प्रतिनिधिमार्फत लोकतान्त्रिक अधिकार र आर्थिक समृद्धिका लागि नेपालका जनताले बनाएको संविधान जारी भएको घोषणा गर्ने यो ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना र बधाई व्यक्त गर्दछु ।

नेपाली जनताले झण्डै सात दशकअघि प्रारम्भ गरेको अथक लोकतान्त्रिक आन्दोलन र दिगो शान्तिको पक्षमा प्रकट भएको जनताको चाहनाले आज मुर्त रुप लिएको छ । यस अवसरमा शहीद, सहयात्री जनता र जननायकहरुप्रति सम्मान प्रकट गर्दछु ।

संविधानको घोषणासँगै हाम्रो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ ।

नेपाली जनतामा निहित सार्वंभौम सत्ता र राज्यशक्तिको स्रोत जनतामा मात्रै निहित भएको मान्यता पनि स्थापित भएको छ ।

बहुदलीय शासन पद्धतीमा समानुपातिक समावेशी प्रतिनिधित्व र सहभागिताको आधार सहित अन्य विषयहरु संविधान कार्यान्यवयनका क्रममा अझै फराकिलो र विस्तृत हुँदै जाने छन् ।

देश शान्ति, स्थायित्व, न्यायपूर्ण र सामाजिक आर्थिक विकासको बाटोमा तिव्रताका साथ अघि बढ्ने हाम्रो विश्वास छ ।

यो संविधानले सबै क्षेत्र र समुदायका जनताका आकांक्षा, अधिकार, भाषा, भेषभूषा संस्कृति र पहिचानलाई समान ढंगले संरक्षरण र प्रवर्द्धन गर्ने छ । विविधता बीचमा एकतामा जोड दिंदै सबै प्रकारका विभेद र असमानतालाई अन्त गर्ने मौका यस संविधानले प्रदान गर्ने छ ।

हिमाल पहाड तराई मधेशका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुलाई यस ऐतिहासिक अवसरमा पारस्परिक एकता, सहिष्णुता र सहकार्यका साथ यस संविधानबाट प्राप्त जनताका अधिकार उपलब्धी र संघीयता सहितको लोतकतान्त्रिक गाणतान्त्रिक संरचनालाई संरक्षण र प्रवर्द्धन गर्न आह्वान गर्दछु ।

संविधान गतिशिल दस्तावेज हो, यसको संरक्षण गर्दै सामाजिक न्याय, अधिाकार, संवृद्धि प्राप्त गर्न निरन्तर क्रियाशिल रहन आग्रह गर्दछु । जनताका प्रतिािनधिद्वारा संविधानसभाबाट पारित यो संविधान नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र जनतमा निहित सार्वभौमसत्ताको रक्षा गर्ने हाम्रो साझा संकल्पको दस्तावेज हो ।

यो दस्तावेज नेपालको संविधानको निर्माणमा योगदान पुरयाउनु हुने सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी, संविधानसभाका माननीय सदस्यहरुलाइए सम्माननीय अध्यक्षमार्फत हृदय देखी धन्यवाद दिन्छु ।

यो संविधान र परिवर्तित सभाले देशमा एकताको कडी मजबुत गर्दै जानेछ । राष्ट्रको जय होस्, सबै नेपालीको जय होस् । धन्यवाद ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>