Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘मरेर बाँचेकाहरु’ प्रदर्शन - Himalkhabar.com

रमझमआइतबार, मंसिर ३, २०६९

‘मरेर बाँचेकाहरु’ प्रदर्शन

हिमालखबर

सर्वनाम थिएटरमा प्रदर्शन गरिएको उक्त बृत्तचित्र राजधानीमा जारी मानवअधिकार फिल्म सप्ताहका अवसरमा प्रदर्शन गरिएको हो । मरेर बाँचेकाहरु लाई विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी लगायतले  रुचिपूर्वक हेरेका छन् ।

बृत्तचित्रमा माओवादीको सशस्त्र द्वन्द्वका क्रममा बाँके बर्दिया लगायतका जिल्लामा राज्य र माओवादीको चरम यातनाबाट मरेतुल्य जीवन विताउन बाध्य सर्वसाधारणको भोगाई र समस्यालाई प्रतिनिधिमुलक घटनाको रुपमा प्रस्तुत गरिएको छ ।

त्यसैगरी, पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन गर्दा तत्कालिन नेताहरुले भोगेका समस्याको प्रतिनिधिमुलक घटनाका रुपमा पूर्व गृहमन्त्री भीम रावलको घटनालाई बृत्तचित्रमा उठाइएको छ ।

एड्भोकेसी फोरमद्वारा निर्मित ३३ मिनेटको यो बृत्तचित्र पत्रकार गणेश पाण्डेको निर्देशन, राजु भण्डारीको सम्पादन र बिनोद विष्टको छायाङ्कनमा तयार भएको हो ।

मुलुक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरिसक्दा पनि नेपालको कानूनले यातनालाई अँझै अपराधका रुपमा स्वकारेको छैन । यातनाविरोधी अभियानलाई सशक्त बनाउन बृत्तचित्र निर्माण गरिएको एडभोकेसी फोरमले जनाएको छ । बृत्तचित्र ४ मंसीरमा पनि प्रदर्शन हुँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>