Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वीरगञ्जमा एक प्रदर्शनकारीको मृत्यु, सभासदको घर र प्रहरी चौकी तोडफोड - Himalkhabar.com

थप समाचारआइतबार, आश्विन ३, २०७२

वीरगञ्जमा एक प्रदर्शनकारीको मृत्यु, सभासदको घर र प्रहरी चौकी तोडफोड

हिमालखबर

वीरगञ्ज

वीरगञ्ज

वीरगन्जमा कर्फ्यू तोडेर भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाईते छन् ।

गोली लागेका दुई जना प्रदर्शनकारी बैरियाविर्ताका विजय यादव र बगहीका मन्सी पटेलको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौं लगिएको छ ।

वीरगन्जको माईस्थान गीता मन्दिर रोडमा प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर पर्साको पाकाहा मैनपुर निवासी ३२ वर्षीय शत्रुधन पटेलको मृत्यु भएको हो ।

निधारको छेउमा र छातीमा गोली लागेका उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैगरी प्रदर्शनकारीहरुले हानेको ढुंगाले लागेर प्रहरी निरीक्षक शेख अदालत पनि घाइते भएका छन् ।

मधेश आन्दोलनको मागलाई वेवास्ता गरेर मधेश विरोधी संविधान जारी गर्न लागेको भन्दै आन्दोलनरत मधेशी मोर्चाको आह्वानमा कालो झण्डा र लाठी बोकेर गाँउगाँउबाट मानिसहरु प्रदर्शनका लागि वीरगञ्जमा भेला भएका थिए ।

कफ्र्यू तोडेर प्रदर्शनमा उत्रिएको प्रदर्शनकारीको भिडलाई प्रहरीले रोक्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो ।

प्रदर्शनकारीहरुलाइ लक्षित गरेर प्रहरीले दर्जनौ राउण्ड गोली र अश्रु ग्याँस पनि प्रहार गरेको छ । प्रर्दशनकारीहरुले पनि प्रहरी माथि ढुंगामुढा प्रहार गरेका छन् ।

घण्टाघर र माइस्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप साँझ अबेरसम्म जारी थियो ।

सभासदको घर र प्रहरी चौकी तोडफोड
यसैबीच प्रदर्शनकारीहरुले पर्सा क्षेत्र नम्बर ३ का एमाले सभासद राजकुमार गुप्ताको घरमा तोडफोड गरेका छन् ।

वीरगन्ज श्रीपुरमा अवस्थित सभासद गुप्ताको घरको मेनगेटमा ३ असोज दिउँसो प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् ।

यसैगरि मधेशी मोर्चाका कार्यकर्ताहरुले गण्डक स्थित प्रहरी बिटमा तोडफोड गरेका छन् ।

यस्तै वीरगन्जको अशोकबाटिकमा रहेको अस्थायी प्रहरी चौकीमा रहेको एउटा मोटरसाइकलमा प्रदर्शनकारीहरुले आगजनी गरेका छन् ।

खाली रहेको प्रहरी चौकीको परिसरमा राखिएको मोटरसाइकल प्रदर्शनकारीहरुले बाहिर निकालेर आगजनी गरेका हुन् ।

bara

बारा

बाराः यसैगरी मधेशी मोर्चाका कार्यकर्ताहरुले बाराको बहुअरी गणडक स्थित प्रहरी चौकीमा रहेका प्रहरीलाई लखेटी त्यहाँ कालो झण्डा गाडेका छन् ।

चौकीमा तोडफोड र आगजनी समेत भएको डिएसपी बिनोद शर्माले जानकारी दिए ।

गाउँ गाउँबाट ठुल्लो संख्यामा कलैयामा जम्मा भएका मोर्चाका जुलुश प्रदर्शन समेत गरेका छन् ।

कलैयामा विरोध प्रदर्शन भए पनि बाराकै निजगढ र सिमरामा भने संबिधानको स्वागतमा खुशीयाली मनाइएको छ ।
स्थानीयले निजगढ र सिमरामा दीपावली समेत गरेका छन् ।

सिरहाः सिरहामा पनि आज विहानैदेखि पूर्वपश्चिम राजमार्गका विभिन्न स्थान र अन्य बजारमा विरोध प्रदर्शन भएको छ ।

यहाँका घरघरमा कालो झण्डा राखेर संविधानको विरोध गरिएको छ ।

प्रदर्शनकारीहरुले सिरहा सदरमुकामस्थित नेपाली कांग्रेसकी जिल्ला सभापति तथा सभासद सीतादेवी यादवको घरमा आगजनी गर्नुका साथै जीप र मोटरसाइकल जलाएका छन् ।

प्रदर्शनकारीहरुले पूर्व निर्धारित कार्यक्रम अनुसार घरघरमा बेलुका ७ देखि ८ बजेसम्म बत्ति निभाउन लगाएर संविधानको विरोध गरे । त्यसक्रममा उनीहरुले सडक बत्ती समेत फुटाएका छन् ।

सुरेश विडारी, श्याम गुप्ता र दिलिपकुमार सिंह

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>