Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अब वारपारको लडाइँः राजेन्द्र महतो - Himalkhabar.com

थप समाचारसोमबार, आश्विन ४, २०७२

अब वारपारको लडाइँः राजेन्द्र महतो

हिमालखबर

mahatoसद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानमा मधेशी र थारुको अधिकार स्थापित नभएको भन्दै आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न ४ असोज विहान नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज पुगेका महतोले अब वारपारको लडाइँ हुने बताए । उनले भने “यो आरपारको लडाइँ हो । जबसम्म हाम्रो माग सुनुवाई हुँदैन तबसम्म आन्दोलन रोकिदैन्।”

मधेशविरोधी संविधान जारी भएको दाबी गर्दै उनले संविधान जलाउने बताए । “शान्तिपूर्ण आन्दोलनमा रहेका नागरिकको शिरमा, छातीमा गोली हानिएको छ, यही लोकतन्त्र हो ?” उनले प्रश्न गरे ।

अस्पताल परिसर बाहिर ‘नेपालको संविधान २०७२’ लेखिएको कागज जलाउँदै उनले बहुमतको आडमा तीन दलले जबरजस्ती ल्याएको संविधान तराई मधेशका गाँउ गाँउमा जलाइने बताए ।

३ असोजमा आन्दोलनकारीहरुले अस्पताल परिसरमै पत्रकारहरु माथि हातपात गरेको विरोधमा निकै कम संख्यामा मात्रै पत्रकार अस्पताल परिसरमा पुगेका थिए ।

यसअघि वीरगन्जमा स्थानीय प्रशासनले बिहान ७ बजेदेखि ९ बजेसम्म दुई घण्टा कर्फ्यू हटाएको थियो ।

बिहान ९ बजे देखि फेरि अनिश्चितकालीन कफर्यु जारी रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिएका छन् ।

वीरगन्जमा कर्फ्यू लगाइएको भएपनि ठाँउ ठाँउमा मधेशी मोर्चाका कार्यकर्ता र स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् । महतो केही दिनदेखि वीरगञ्जमै केन्द्रित भएर आन्दोलनको नेतृत्व गरिरहेका छन् ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>