समाचारसोमबार, आश्विन ४, २०७२
खोटाङ उवा सङ्घका अध्यक्षको घरमा बम
उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुको घरमा बम फेला परेको छ । बन्दकर्ताले राति राखेको अनुमान गरिएको बम ४ असोज बिहान फेला गरेको हो ।
सङ्घीय समाजवादी फोरम, नेकपा–माओवादी र नेकपा माओवादीले ३ असोजमा आह्वान गरेको जिल्ला बन्दको व्यापारीले अवज्ञा गरेका थिए । वाणिज्य सङ्घको आह्वानमा बन्द अवज्ञा भएको निष्कर्ष निकाल्दै आफ्नो घरमा बम राखेको हुनसक्ने अध्यक्ष लयालुको भनाइ छ ।
लयालुको घरमा होसियार लेखेर छाडिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>