खेलकुदसोमबार, आश्विन ४, २०७२

नेपाल एएफसी छनौटको दोस्रो चरणमा

हिमालखबर

afcu16समूह चरणको अन्तिम खेलमा ओमानसँग पराजित भए पनि नेपाल एएफसी यु–१६ छनौटको फाइनल चरणमा पुगेको छ । तीन खेलबाट ६ अंक जोडेको नेपालले वेष्ट रनरअपको आधारमा दोस्रो चरणमा पुगेको हो । समूह उपविजेताको रुपमा नेपाल सहित संयुक्त अरब इमिरेटस्, थाईल्याण्ड र भियतनाम पनि दोस्रो चरणमा प्रवेश गरेको छ ।

कुल ४५ टीम सहभागी छनौट खेलमा नेपालले अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ । नेपालले अर्को वर्ष भारतमा हुने च्याम्पियनसीप खेल्नेछ । च्याम्पियनसीपमा समूह विजेता बनेर आएका ११ देश, आयोजक भारत र उत्कृष्ट ४ उपविजेता देशबीच प्रतिस्पर्धा हुनेछ ।

च्याम्पियनसीपबाट उत्कृष्ट चार टीम सन् २०१७ मा हुने फिफा यु–१७ विश्वकपका लागि छनौट हुन्छन् ।

समूह चरणमा नेपालले जोर्डन र किर्गिस्तानविरुद्ध भने शानदार जित निकालेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...