समाचारसोमबार, आश्विन ४, २०७२

सभासदहरुका घरमा आगजनी र तोडफोड गर्दै मधेशी मोर्चा

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले बारा क्षेत्र नं.२ का सभासद राधेचन्द्र यादवको घरमो आगो लगाएका छन् ।

४ असोज दिउँसो सभासद यादवको कलैया–७ स्थित घर तोडफोड गरेपछि आगो लगाएको प्रहरीले जनाएको छ ।

यसअघि ३ असोजमा मोर्चाका कार्यकर्ताले नेपाली कांग्रेस सिरहाका सभापति तथा सिरहा क्षेत्र नं ३ की सभासद् सीतादेवी यादवको सिरहा सदरमुकामस्थित घरमा आगजनी गरेका थिए ।

आगजनीबाट सभासद् यादवको घरको आगनमा राखिएको जिप र दुईवटा मोटरसाइकल समेत जलाएका थिए ।

त्यस्तै उनीहरुले नेकपा एमालेका सभासद् धर्मनाथ साहको मिर्चैयास्थित घरमा पनि तोडफोड गरेका थिए । प्रदर्शनकारीले मिर्चैया नगरपालिका–५ स्थित साहको घरमा ३ असोज दिउँसो ढुङ्गामुढा गरेका हुन् ।

हिजै प्रदर्शनकारीहरुले पर्सा क्षेत्र नम्बर ३ का एमाले सभासद राजकुमार गुप्ताको घरमा तोडफोड गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>