समाचारसोमबार, आश्विन ४, २०७२

छिमेकी विरुद्ध सोच्न पनि सक्दैनौंः ओली

हिमालखबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौमसत्ता केन्द्रमा राखेर छिमेकी मुलुकहरुसँग मित्रवत व्यवहार गर्न चाहेको बताएका छन् ।

टुँडिखेलमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भने, “हामी छिमेकी विरुद्ध सोच्न पनि सक्दैनौं ।” ओलीले त्रिदेशीय सम्बन्धबाट स्रोतसाधनको उपयोग गर्दै समृद्धिको मार्गतिर लाग्नुपर्ने बताए ।

जनताको त्याग र तपस्याबाट संविधान आएको बताउँदै उनले भने, “शहीदहरुको बलिदानबाट लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान आएको हो ।”

ओलीले भने, “लोकतन्त्रका लागि आन्दोलन भएको थियो, संविधानले आन्दोलनका उपलब्धी संस्थागत भएको छ ।” उनले आफूले १४ वर्ष जेल बसेको भत्ता र बढुवाका लागि नभई लोकतन्त्रका लागि भएको बताए ।

मधेश र थारु आन्दोलनमा उठेका सवै जायज माग पूरा हुने ओलीले बताए । विभिन्न आयोगमार्फत जनताको असन्तुष्टि नयाँ संविधानमा सम्बोधन हुने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>