समाचारसोमबार, आश्विन ४, २०७२

शान्तिपूर्ण वार्ताबाटै सबैका माग सम्बोधन हुन्छन्: प्रम कोइराला

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत सबै पक्षका मागहरु शान्तिपूर्ण वार्ता र छलफलबाटै समाधान गर्न आफू प्रतिवद्ध भएको बताएका छन् ।

संविधान जारी भएको अवसरमा ४ असोजमा काठमाडौंको टुँडिखेलमा आयोजित आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने, “आन्दोलनरत पक्षका असन्तोष र सरोकारलाई एकता र मिलमिलापको जगमा उभिएर वार्ताका माध्यमबाट पूरा गर्ने प्रतिवद्धता सहित वार्तामा आउन अपील गर्दछुृ ।”

उनले संविधान निर्माणपछि मुलुकको आर्थिक विकास र भूकम्पपछिको पुनःनिर्माणमा केन्द्रित हुनुपर्ने बेला भएको भन्दै यसका लागि भारत, चीन लगायत सबै मित्र राष्ट्र र विभिन्न संस्थाहरुको सहयोग चाहिनेमा जोड दिए ।

सम्बोधनका क्रममा कोइरालाले तराई मधेशका नेताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा दिएको योगदानको स्मरण समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>