समाचारसोमबार, आश्विन ४, २०७२

झापामा आठ राउण्ड हवाई फायर

हिमालखबर

जारी संबिधानको स्वागत र विरोध गर्नेहरुबीचको झडप नियन्त्रण गर्न प्रहरीले झापाको दमकमा आठ राउण्ड हवाई फायर गरेको छ ।

संविधान जारी भएको खुशियाली सभाा र विरोध प्रदर्शन चलिरहँदा दुबै पक्षबाट भएको ढुंगामुढा रोक्न प्रहरीले दिँउसो पौने चारबजे एकसाथ हवाईफायर र अश्रुग्यास प्रहार गरेको थियो ।

ढुंगामुढाबाट चार प्रदर्शनकारी सामान्य घाइते भएका छन् ।

विहानैदेखि खुशियाली मनाउन कांग्रेस, एमाले र एमाओवादीका सयौं कार्यकर्ता दमकको गणतन्त्र चोकमा नाचगान गरिरहेका थिए । त्यसको करिब एकसय मिटर उत्तर लिम्बुवानका कार्यकतर्ता कालो झण्डा बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

त्यसैक्रममा दुवैपक्षबीच झडप भएको हो ।

अहिले दुवै पक्षका बीचमा सशस्त्र र जनपद प्रहरीको बाक्लो उपस्थिति छ ।

लिम्बुवानका कार्यकर्ताले खुशियाली मनाइरहेको समूहभन्दा टाढै पुगेर संबिधानको प्रतिलिपि जलाएपछि तितरवितर भएका छन् ।
गोपाल गडतोैला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>