थप समाचारसोमबार, आश्विन ४, २०७२

आन्दोलन थामिदैनः उपेन्द्र यादव

हिमालखबर

upendraसंघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई/मधेशमा जारी आन्दोलन नथामिने बताएका छन् । अबको आन्दोलनसँगै लडाई पनि शुरु भएको उनको भनाई छ ।

४ असोजमा राजविराजमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै यादवले अबको आन्दोलन र लडाई स्वायत्त मधेश नपाएसम्म जारी रहने बताए ।

सेना, सशस्त्र लगाएर जतिसुकै दमन गरेपनि अबको लडाईं सशक्त हुने बताउँदै यादवले सबैलाई सतर्क भएर आन्दोलन गर्नुपर्ने बताए ।

उनले मधेशलाई छाडेर बनाइएको संविधान काम नलाग्ने भारतसहितका देशले बताइसकेको अवस्थामा पनि विगतका सरकारसँग भएको सम्झौता कार्यान्वयन नगरी बनाइएको संविधान नमान्ने बताएका थिए ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>