समाचारमंगलबार, आश्विन ५, २०७२

गच्छदारलाई मनाउन तीन शीर्ष नेता सानेपामा

हिमालखबर

sanepa_meetingतीन प्रमुख दलका शीर्ष नेताहरु अहिले मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

संविधान घोषणाको प्रक्रियामा सहभागी नभएको फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच‍छदारलगायतलाई अान्दोलन छोडेर संविधान कार्यान्वयनको प्रक्रियामा फर्काउन र उनका मागहरुबारे थप छलफलका लागि प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सानेपा पुगेका हुन् ।

तीन शीर्ष नेताहरुसँगको छलफलमा मधेशी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्‌सिंह भण्डारी पनि सहभागी छन् ।

यसअघि प्रधानमन्त्री सुशील कोइरालाले तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई आजै विहान उनको पार्टी कार्यालय विजुलीबजारमा भेटेका थिए ।

भेटमा अध्यक्ष ठाकुरले आन्दोलनरत अन्य दलहरुसँग पनि वार्ता गरी उनीहरुलाई मनाउन भन्दै सबैको सहमति भए आफू तयार नै भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>