समाचारमंगलबार, आश्विन ५, २०७२
गच्छदारसँगको वार्ता सकारात्मक भएको दाहालको भनाई, प्रम वार्ता स्थलमै
५ असोज विहान तीन प्रमुख दलका शीर्ष नेता र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारबीच भएको छलफल सकारात्मक भएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
जारी बैठकबाट बाहिर निस्किएका उनले भने,“ गच्छदारजीहरुसँग यसअघि पनि करिब करिब सहमतिमा पुगीसकेका थियौं, अब छिटो समझदारी बनाएर समस्यालाई शान्तिपूर्ण निकास दिनुपर्छ भन्ने समझदारी भएको छ, सबै सकारात्मक छौं ।”
संविधान जारी भएको खुशियालीमा पार्टीले रंगशालामा आयोजना गरेको जलपान कार्यक्रममा पुग्न अबेर भएको भन्दै यसअघि नै बैठकस्थलबाट बाहिरिएका एमाले अध्यक्ष केपी ओली पनि वार्ता सकारात्मक रुपमा अघि बढेको बताएका थिए ।
फोरम लोकतान्त्रिको कार्यालय सानेपामा भइरहेको छलफलमा अहिले प्रधानमन्त्री कोइराला, एमाले उपाध्यक्ष विद्या भण्डारी, रामसपाका अध्यक्ष शरत्ंसिह भण्डारी, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिकका अध्यक्ष गच्छदार, महासचिव जितेन्द्र देव लगायतका नेताहरु छलफल गरिरहेका छन् ।
कपिल भट्ट, काठमाडौं