समाचारमंगलबार, आश्विन ५, २०७२
चर्चमा बम राख्ने तीनजना पक्राउ
२९ भदौमा झापाका चारवटा चर्चमा बम पडकाउने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा विर्तामोड– ७ का कृष्ण चुडाल (५६), विर्तामोड– ८ का रामचन्द्र बानियाँ (४५) र बेलबारी–३ मोरङका राम भण्डारी (५१) छन् ।
उनीहरुले दमक– ११ को ज्योती चर्च, खजुरगाछीको इमानुयल चर्च, सुरुंगा र गौरादहको बरेलहेरोही चर्चमा बम राखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
ती ठाँउमा बमका साथ हिन्दु मोर्चा नेपालको पर्चा समेत भेटिएको थियो ।
घटनाका अन्य चार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
