Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
६ दल बैठक सकियो, संविधान आउनु राम्रो होः गच्छदार - Himalkhabar.com

रिपोर्टमंगलबार, आश्विन ५, २०७२

६ दल बैठक सकियो, संविधान आउनु राम्रो होः गच्छदार

हिमालखबर

gachhadarमधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले नयाँ संविधान जारी हुनुलाइ ‘राम्रो’ भएको बताएका छन् ।

५ असोज दिउँसो तीन प्रमुख दलका शीर्ष नेताहरुसँगको छलफल पछि गच्छदारले आफूहरुको मुख्य असहमति सीमाङ्कनमा मात्रै रहेको भन्दै नेपालको संविधान–२०७२ ले व्यवस्था गरेको धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, विभिन्न आयोगहरु सकारात्मक भएको बताए ।

उनले सीमाङ्कनको विषयलाई चाँडै संविधान संशोधनमार्फत मिलाउन तीन दलका नेताहरुलाई आग्रह गरेको भन्दै नेताहरुले तीन दलको बैठक बसी चाँडै निर्णय दिने बताएको जानकारी दिए ।

गच्छदारले देश जटिलतातर्फ जानु अघि नै तीन दलका नेताहरु मिलेर तराई–मधेश–थरुहटमा भइरहेका आन्दोलनलाई सम्बोधन गर्नु जरुरी भइसकेको बताएका थिए ।

बैठकबाट बाहिरिंदै गर्दा प्रधानमन्त्री सुशील कोइरालाले छलफल सकारात्मक भएको मात्रै प्रतिक्रिया दिएका थिए ।

५ असोज विहान प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, मजफो लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, मजफो गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्‌सिंह भण्डारी लगायतका बीच फोरम लोकतान्त्रिकको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा छलफल भएको थियो ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>