थप समाचारमंगलबार, आश्विन ५, २०७२

संविधान घोषणा महत्वपूर्ण उपलब्धि:अमेरिका

हिमालखबर

usa_flagसंयुक्त राज्य अमेरिकाले नेपालको लोकतान्त्रिक यात्रामा भएको संविधान घोषणालाई महत्वपूर्ण उपलब्धि भन्दै नेपाली जनतामा बधाई ज्ञापन गरेको छ ।

नयाँ संविधान जारी भएको सन्दर्भमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन कर्बीले वक्तव्य जारी गरी सबै नेपालीलाई शान्तिपूर्ण माध्यमद्वारा लोकतान्त्रिक प्रक्रियामा संलग्न रहिरहन प्रोत्साहन गरेका छन् ।

प्रवक्ता कर्बीको वक्तव्यमा भनिएको छ – “नेपाल सरकार र नेपाली जनता लोकतान्त्रिक मार्गमा अघि बढिरहेका छ । भूकम्पपछि पुनःनिर्माणमा जुटेको नेपाललाई सहयोग गर्न अमेरिका तयार छ ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...