थप समाचारमंगलबार, आश्विन ५, २०७२
दमकमा ढुंगामुढा गर्ने १६ जनाविरुद्ध सार्वजनिक मुद्दा
नयाँ संविधान जारी भएको खुशियालीमा झापामा आयोजित कार्यक्रम विथोल्न सहभागीलाई ढुंगामुढा गर्ने १६ जनाविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गराएको छ ।
उनीहरु सबै नयाँ संविधानको स्वागतमा ४ असोजमा झापाको दमकमा आयोजित कार्यक्रमका सहभागीलाई ढुंगा हान्दै गर्दा पक्राउ गरेका हुन् ।
पक्राउ परेका संघीय लिम्बुवान पार्टी तथा संघीय समाजवादी फोरमका १६ जना कार्यकर्ताहरुलाई प्रहरीले ५ असोजमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको हो ।
प्रहरीले ४ असोज अपराह्न दमकका विभिन्न ठाँउवाट संघीय लिम्बुवान पार्टीका केन्द्रीय सदस्य बिष्णु भट्टराई, मोरङ जिल्ला अध्यक्ष दिलु लावती, आदिबासी जनजाति महासंघ दमक नगर समिति अध्यक्ष बासुदेव राई, संघीय समाजवादी फोरमका झापा जिल्ला सहसचिव सुशील राई, जिल्ला सदस्य सेसेमी लिम्बु, बिद्यार्थी युनियनका जिल्ला अध्यक्ष मनकुमार लिम्बु, शान्ता पालुङ्गवा, इक्सा सम्बाहाम्फे, डगेन्द्र शेर्मा, वरुण लुवाबुङ, स्वीकृति सम्बाहाम्फे, नरेन्द्र लावती, वुद्धिराज लिम्बु, रामबहादुर बिसंखे, हेमप्रसाद लिम्बु, सावित्रा गुरुङलाई पक्राउ गरेको थियो ।
गोपाल गड्तौला