थप समाचारमंगलबार, आश्विन ५, २०७२
नयाँ संविधानको फ्रान्स र जर्मनीद्वारा स्वागत
नेपालमा नयाँ संविधान जारी भएकोमा फ्रान्स र जर्मनीले स्वागत गरेका छन् ।
फ्रान्सेली विदेशमन्त्रालयका प्रवक्ताले जारी गरेको वक्तव्यमा नयाँ संविधान जारी भएसँगै सन् २००८ मा शुरु भएको शान्तिप्रक्रिया पनि पूरा भएको उल्लेख छ ।
“राष्ट्रिय मेलमिलाप, राजनीतिक स्थायित्व र विकासको मार्गमा फर्कन यो महत्वपूर्ण खुड्किलो हो,” वक्तव्यमा भनिएको छ ।
जर्मनीको पनि स्वागत
नेपालमा संविधानसभाबाट संविधान घोषणा भएकोमा जर्मनीले पनि स्वागत गरेको छ ।
जर्मन परराष्ट्रमन्त्री फ्रान्क वाल्टर स्टेनमिएरद्वारा जारी वक्तव्यमा नयाँ संविधान लोकतन्त्रको थप सुदृढिकरण र राष्ट्रिय मेलमिलापका लागि कोसे ढुंगा सावित हुने भन्दै नेपाल अब नयाँ चरणमा प्रवेश गरेको उल्लेख छ ।
नयाँ संविधानले नेपालको राजनीतिक, आर्थिक भविष्य सुनिश्चित गर्ने र भूकम्पले विनाश पछि दुखमा परेका जनताका लागि यो सकारात्मक सन्देश समेत भएको वक्तव्यमा उल्लेख छ ।
नेपालको संविधान निर्माणको प्रक्रियाभर आफ्नो देशले सघाउन पाएकोमा खुशी व्यक्त गर्दै विदेशमन्त्रीले आगामी दिनमा पनि नेपाललाई सहयोग गरिरहने उल्लेख गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
