अर्थ/बजारमंगलबार, आश्विन ५, २०७२

लगातारको वन्दका कारण उद्योग–व्यवसाय प्रभावित

हिमालखबर

udyogएक महिना बढीको बन्द हड्तालका कारण जिल्लाको चन्द्रौटा कृष्णनगर क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी उद्योगहरु प्रभावित भएका छन् ।

मधेशी मोर्चाले आह्वान गरेको वन्दका कारण उद्योगलाई चाहिने कच्चा पदार्थको अभाव एकातिर छ भने अर्कोतिर उद्योग सञ्चालन नगर्न मोर्चाले दबाब दिइरहँदा सञ्चालन हुनसक्ने उद्योग पनि बन्द छन् ।

यहाँका उद्योगहरुमा ज्यालादारीमा काम गर्ने २ हजारभन्दा बढी मजदुरहरु पनि बेरोजगार हुन पुगेका छन् ।

बन्दका कारण दैनिक १ करोडभन्दा बढी घाटा भएको उद्योगीहरुको भनाई छ ।

यसक्षेत्रमा हाल ५ वटा सिमेन्ट कारखाना, आधा दर्जन प्लाइ र कपास उद्योग, एक चिनी मिल र २ बटा रोजिन एण्ड टरर्पेनटाइन उद्योग लगायत खाद्यान्न तथा अन्य उद्योगहरु छन् ।

यी बाहेक महाशक्ति, कपिलवस्तु र बुद्ध सिमेन्ट उद्योग पनि सञ्चालनको तयारीमा छन् । त्यस्तै महालक्ष्मी मल र आधा दर्जन इँटा उद्योगहरु सञ्चालनमा थिए ।

लोडसेडिङको मार खेपेका उद्योगहरु पछिल्लो समयको बन्दले गर्दा थप पीडित बनेका छन् ।

शान्ति प्रकृयासँगै नेपालमा चाँडै संविधान जारी भए संक्रमणकालको मारबाट वच्ने र शान्ति सुव्यवस्था कायम भई उद्योग विस्तार हुने अपेक्षा राखेको भए पनि संविधान जारी भएपछि हिंसा र बन्द झन बढदा दुख लागेको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलीले बताए ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>