समाचारमंगलबार, आश्विन ५, २०७२
नेताका घर र पार्टी कार्यालयहरुमा भएको तोडफोड प्रति कांग्रेसको आपत्ति
देशका विभिन्न स्थानमा आन्दोलनका नाममा तोडफोड, आगजनी र भौतिक आक्रमणजस्ता हिंसात्मक गतिविधिहरु भइरहेकोमा नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको निन्दा गरेको छ ।
५ असोजमा विज्ञप्ति जारी गर्दै कांग्रेसले आान्दोलनकारीहरूले कांग्रेसका केन्द्रीय सदस्य फरमूल्लाह मन्सुर, सभासदहरू् राधेचन्द्र यादव, लालवावु सिंह भुइहार, सितादेवी यादव, गणेश मण्डल, रौतहट जिल्ला सभापति कृष्णप्रसाद यादवका लगायतको घर, पार्टी कार्यालय तथा विभिन्न सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेको जनाएको छ ।
३ असोजम रौतहटको निर्वाचन क्षेत्र नं. ४ गरुडा स्थित कांग्रेस क्षेत्रीय कार्यालयको पक्की भवनलाई पूर्ण रुपमा आन्दोलनकारीहरुले क्षति पु¥याएका र उक्त कार्यालय ध्वस्त हुँदा ५० लाख भन्दा बढीको भौतिक क्षति पुग्नुकोसाथै महत्वपूर्ण दस्तावेजहरु समेत जलेर नष्ट भएको पनि कांग्रेसले जनाएको छ ।
“शान्तिपूर्ण रुपमा आफ्ना मागहरु राख्न प्रत्येक नेपालीलाई संविधानले नै अधिकार प्रदत्त गरेको भएपनि त्यसको वेवास्ता गर्दै उच्छृखल, अवांछित र हिंसात्मक गतिविधि गर्न कसैलाई पनि छुट छैन,” विज्ञप्तिमा भनिएको छ,” “यस्ता क्रियाकलापहरु नदोहोर्याउन, संयम अपनाउन र समाजमा शान्ति, सद्भाव र एकता कायम गर्ने कार्यमा सहयोग पुर्याउन आन्दोलनकारीहरु लगायत सम्बद्ध सबै पक्षलाई कांग्रेसले आग्रह गरेको छ ।”
यस्तै वार्ता र संवादका माध्यमबाट समाधान खोज्न आन्दोलनरत सबै पक्षलाई कांग्रेसले पुनः आह्वान आह्वान गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
