थप समाचारमंगलबार, आश्विन ५, २०७२
बन्दविरुद्ध व्यवसायी सडकमा
लामो समयदेखिको बन्दका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै व्यवसायीहरुले पाँचथर सदरमुकाम फिदिममा बन्दविरुद्ध सडकमा उत्रिएका छन् ।
नयाँ संविधानले अरुणपूर्वका ९ जिल्लालाई लिम्बुवान किटान नगरेको भन्दै लिम्बुवान संघर्ष समितिले आह्वान गरेको हालको वन्द र यसअघिका बन्दहरुले जनजीवन कष्टकर भएको, उद्योग व्यवसाय प्रभावित भएको भन्दै व्यवसायीहरुले जुलुश निकाल्नुका साथै बन्दका आयोजक विरुद्ध नाराबाजी गरेका छन् ।
वन्दकर्ताले साँझ ५ वजे फिदिम वजारमा कोणभसभा गर्दै भोलि ६ असोजदेखि वन्द अझ शशक्त वनाउने भनेपछि व्यवसायीले बन्दविरुद्ध प्रदर्शन गरेका हुन् ।
व्यवसायीको प्रदर्शनमा यातायात मजजुर, उद्योगी–व्यवसायी र सर्वसाधारको सहभागिता उल्लेख्य थियो ।
उनीहरुले ‘वन्द हड्ताल सधैका लागि बन्द गरौ,’ ‘सर्बसाधरणलाई गरी खान देउ,’ ‘पसल खुल्ला गरौं,’ ‘वन्दकर्ता मुर्दावाद’ लगायतका नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।
यसअघि इलाम वजारमा पनि स्थानीयले वन्दविरुद्ध प्रदर्शन गर्दै ५ असोज विहानैवाट वजार खुलाएका थिए ।
लक्ष्मी गौतम, पाँचथर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
