थप समाचारमंगलबार, आश्विन ५, २०७२

एनआरएन उपाध्यक्षमा कुमार पन्तको उम्मेदवारी

हिमालखबर

kumarजर्मनीका व्यावसायी कुमार पन्तले आगामी अक्टोबरमा सम्पन्न हुने गैर आवासीय नेपाली संघको सातौंअन्तराष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

पन्त संघका वर्तमान महासचिव हुन ।

लामो समय संघको अभियानमा आवद्ध पन्त स्थानीय संयोजक, अन्तराष्ट्रिय परिषद सदस्य, युरोप संयोजक हुँदै महासचिव भएका थिए ।

उम्मेद्वारी घोषणापछि पन्तले गैरआवासीय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देशकाप्रति आफ्नो जिम्मेवारी बढेको बताए ।
उनका अनुसार नयाँ संबिधानले नेपालमा लगानी गर्ने मार्ग अझ फराकिलो भएको छ । उनले बोलीमा मात्रै नभई स्वदेशका लागि काम गरेर देखाउन आतुर रहेको बताएका छन् ।

उनी भन्छन, “जहाँ बसेर कर्म गरिरहे पनि हाम्रो मन नेपाली नै छ, त्यसैले जन्मथलोप्रतिको आफ्नो दायित्व सम्झेर लगानीको माध्यमबाट र परोपकारी भावनाले अनुभव र सीप भित्र्याउन संस्थागत प्रयास थालेको छु ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>