समाचारमंगलबार, आश्विन ५, २०७२
बारामा प्रहरीमाथि एसीड र पेट्रोल बम प्रहार

तस्वीर: श्याम गुप्ता
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बिच बाराको सदरमुकाम कलैयामा झड्प भएको छ ।
झड्पका क्रममा प्रदर्शनकारीहरुले प्रहरी माथि पेट्रोल बम र एसीड प्रहार गर्नुका साथै ढुंगामुढा गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक बिनोद शर्माले बताए ।
प्रदर्शन हिंसात्मक हुन थालेपछि स्थितिलाइ नियन्त्रणमा लिन प्रहरीले लाठी जार्च गर्नुका साथै ११ सेल अश्रुग्याँस र एक राउण्ड हवाइ फायर गरेको पनि शर्माले जानकारी दिए ।
झड्पका क्रममा दुवैतर्फ दर्जनौं जना घाइते भएका छन् ।
उनका अनुसार प्रदर्शनकारीले प्रहार गरेको एसीडबाट सशस्त्र प्रहरीका हवल्दार भविशंकर राई, जवानहरु नारायण थापा, हरिनारायण चौधरी, कृष्णप्रसाद पौडेल, अर्जुन भट्ट, दिलबहादुर फुयाँल र धु्रव बस्नेत सामान्य घाइते भएका छन् ।
त्यस्तै प्रदर्शनकारीले प्रहार गरेको पेट्रोल बम तथा ढुङ्गा लागेर नेपाल प्रहरीका जवान रामप्रवेश ठाकुर र लक्ष्मीनारायण यादव घाइते भएका छन् ।
आन्दोलनका अगुवा प्रमोद गुप्ताका अनुसार प्रहरीले दमन गर्दै कुटपिट गरेपछि आन्दोलनकारीको तर्फका हिरालाल पटेल, राजु पटेल, प्रविण पटेल, रामलखन महतोे र शैलेन्द्र शर्मा समान्य घाइते भएका छन् ।
श्याम गुप्ता, बारा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
