समाचारबुधबार, आश्विन ६, २०७२

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्दै

हिमालखबर

m

स‌ंयुक्त लाेकतान्त्रिक मधेशी माेर्चाकाे बैठकमा सहभागी नेताहरु । तस्वीरः राजेन्द्र महताेकाे फेसबुकबाट

नयाँ संविधनमा असहमति जनाउँदै आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक सप्तरीको राजविराजमा बसिरहेको छ ।

संघीय समाजवादी फोरम नेपालका सचिव रत्नेश्वर कायस्थका अनुसार जारी आन्दोलनबारे छलफल गर्न बैठक बसिरहेको हो । बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सहअध्यक्ष हृदयेश त्रिपाठी, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत सहभागी छन् ।

३० साउनदेखि तराई–मधेशमा जारी अनिश्चितकालीन आन्दोलनमा चार दर्जन बढीको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन् । तराईको जनजीवन अस्तव्यस्त बन्दै गएपनि सरकार र आन्दोलनकारी मोर्चाबीच वार्ता हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>