समाचारबुधबार, आश्विन ६, २०७२

मर्जादपुर–खुनुवा नाका भारतीयपक्षबाट बन्द

हिमालखबर

मर्जादपुर सीमाक्षेत्रको गेट

मर्जादपुर सीमाक्षेत्रको गेट

कपिलवस्तुको मर्जादपुरसँग जोडिएको भारतीय सीमा नाका खुनुवाबाट सवारी साधान आवगमनमा भारतीय सुरक्षाकर्मीले पूर्ण रोक लगाएका छन् ।

भारतीय सीमा सुरक्षा बल खुनुवाका ईन्चार्ज सब इन्स्पेक्टर शिव चरण शर्माले भने, “मथिको आदेशबाट यस्तो कडाई गरिएको हो ।”

सीमा क्षेत्रमा संचारकर्मीहरुसंग कुरा गर्दै सब इन्सपेक्टर शर्माले अर्को आदेश नआउन्जेल सम्मलाई सीमा नाकाबाट कुनै सवारी साधान र मालसामान ओसार पोसार हुन नदिने बताए ।

कपिलवस्तुको यस सीमा क्षेत्रमा नेपालतर्फ मर्जादपुर छोटी भन्सार छ भने पारी खुनुवा बजार ।

उक्त क्षेत्रमा भारतीय पक्षले ४ असोज राति ८ बजेदेखि मोटरसाइकलको आवागमनमा समेत रोक लगाएको हो ।

भारतबाट दैनिक रुपमा नेपाल भित्रने दैनिक उपोग्य समाग्री, लत्ता कपडा, फलफुल लगायका सामानहरु भित्रन सकेका छैनन् ।

सीमा नाकाबाट अति आवश्यक परेका दुवै देशका नागरिकहरुलाई उच्च निगरानीका साथ पैदल आवत जावत मात्रै गर्न दिएको छ ।

यो जिल्लाको ठूलो र चल्तीको नाका नभए पनि यसक्षेत्रमा बसोबास गर्ने दुवैतर्फका वासिन्दा दैनिक विभिन्न कामले वारापार गरिरहन्छन् ।

सीमावर्ती क्षेत्र खुनुवाबाट शोहरतगढ हुँदै नेपालीहरु गोरखपुर, लखनउ लगायतका भारतीय शहरहरुमा औषधी उपचार, सर–सामानहरु खरिदका लागि जाने गर्छन् ।

त्यसैगरी भारतबाट पनि नेपालमा किनमेल, आफन्त भेट्न र विभिन्न व्यापारिक प्रयोजनका लागि सवारी साधनको आवागमन भइरहन्छ ।

यता जिल्लाको मुख्य नाका कृष्णनगर–बढनी भने आज खुला छ । हिजो ५ असोजमा पूर्ण बन्द गरिएको बढनी नाकामा आज कडाईका साथ चेकजाँच गरी सिमित सवारी साधन आवतजावत गर्न दिइएको छ ।
गोपाल भण्डारी,कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>