समाचारबुधबार, आश्विन ६, २०७२
आन्दोलन सशक्त बनाउने मोर्चाको निर्णय
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ ।
सप्तरीको राजविराजमा ६ असोज विहानदेखि बसेको मोर्चाको बैठकमा सहभागी तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्र राययादवले भने,“अब निर्णायक आन्दोलन गर्छौं ।”
३० साउनदेखि तराई–मधेशमा जारी आन्दोलनको समीक्षा गर्न बसेको मोर्चाको बैठकले प्रमुख तीन दलका नेताहरु मोर्चाको मागप्रति गम्भीर नभएको आरोप लगाउँदै यादवले अब अन्तिम लडाइँ हुने बताए ।
बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सहअध्यक्ष हृदयेश त्रिपाठी, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महिन्द्रराय यादवलगायत सहभागी थिए ।
एक महिनाभन्दा लामो आन्दोलनका क्रममा सुरक्षाकर्मीसहित ४६ जनाको ज्यान गइसकेको छ । तराईको जनजीवन अस्तव्यस्त बन्दै जाँदा तीन प्रमुख दलले वार्ताका लागि पटक पटक गरेको आव्हान आन्दोलनकारी दलहरुले वातावरण नबनेको भन्दै अस्वीकार गर्दै आएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
