समाचारबुधबार, आश्विन ६, २०७२
गाडीमा ढुंगा हान्ने बालकलाई रु. बीस ज्याला

पक्राउ परेका तीन बालक
रातिको समय सुरक्षा घेरामा गन्तव्यतर्फ जाँदै गरेका सवारी साधनमा ढुंगा हान्ने तीन जना बालकलाई प्रहरीले बाराको जितपुरबाट पक्राउ गरेको छ ।
पक्राउ परेका बालकहरुले एउटा गाडीमा ढुंगा हानेवापत रु २० पाउने गरेको बताएका छन् ।
इलाका प्रहरी कार्यालय सिमराको टोलीले ५ असोज राति २ बजे पथलैयाबाट वीरगञ्ज जाँदै गरेका गाडीमा लुकेर ढुंगा हान्दै गरेका तीनवटा बालकलाई पक्राउ गरेको हो ।
आठ जनाको समूहमा रहेका बालकलाई समात्न खोज्दा पाँच जना भागेका र तिन जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बाराको गढीमाई–७ जीतपुरका कक्षा तीनमा अध्ययनर्त १२ वर्षीय बिनोद महतो, कक्षा तीनमै पढने ९ वर्षीय अर्जुन सिंह र कक्षा दुइमा अध्ययनरत् ९ वर्षीय बिक्की साह छन् ।
उनीहरुले एउटा गाडीमा ढुंगा हानेको आन्दोलनकारीबाट रु २० लिने गरेको बताएकाले बालकलाई त्यस्तो अनुचित कार्यमा लगाउनेहरुकोे खोजी भइरहेको प्रहरी निरीक्षक पुरुषोत्तम खडकाले बताए ।
आन्दोलनकारीहरुले रातको समयमा तोडफोडका लागि बालकहरुको प्रयोग गरेकोप्रति यहाँ व्यापक आलोचना भइरहेको छ ।
श्याम गुप्ता, बारा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
