समाचारबुधबार, आश्विन ६, २०७२

लिम्बुवानको बन्द फिर्ता

हिमालखबर

नयाँ संविधानकाे विराेधमा  पूर्वी नेपालका ९ जिल्लामा जारी अनिश्चितकालीन बन्द फिर्ता भएको छ ।

६ असोजमा झापाको दमकमा भएको सर्वपक्षीय भेलाले २ दिनअघि पक्राउ परेका लिम्बुवानका १६ कार्यकर्ता रिहाईको पहल गर्ने निर्णय गरेपछि बन्द फिर्ता लिइएको छ ।

नयाँ संविधानको विरोध गर्दै भएको प्रदर्शनमा लिम्बुवानका कार्यकर्ता र खुशियाली सभामा जुटेका कांग्रेस, एमाले र एमाओबादी कार्यकर्ताबीच झडप हुँदा एक प्रहरीसहित दुबै पक्षका सात घाइते भएका थिए ।

त्यसक्रममा प्रहरीले १६ प्रदर्शनकारीलाई पक्राऊ गरी सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गरेको छ । भेलाले ३ असोजमा दकमस्थित संघीय लिम्बुवान पार्टी नेपालको कार्यालयमा भएको तोडफोडप्रति दुख ब्यक्त गर्नुका साथै क्षतिपुर्तिको लागि सरकारसँग पहल गर्ने निर्णय भएको छ । भेलामा सभासदहरु दिपक कार्की, महेन्द्र सुब्बालगायत राजनीतिक दलको स्थानीय नेतृत्व जुटेका थिए ।

यसैबिच, लिम्बुवान आन्दोलनको समन्वय गरिरहेको किरात याक्थुङ चुम्लुङका अध्यक्ष उत्तमसिंह थाङ्गदेनले जारी बन्द र हड्तालले जनतालाई समस्यामा पारेकाले बन्द पिर्ता लिइएको बताए ।

-गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>