समाचारबुधबार, आश्विन ६, २०७२

राजमार्ग र नाकामा कडाई गर्ने मोर्चाको निर्णय

हिमालखबर

m

माेर्चाकाे बैठकमा सहभागी नेताहरु ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पूर्व–पश्चिम राजमार्ग र नेपाल–भारतको नाकामा कडाई गर्ने निर्णय गरेको छ ।

सप्तरीको राजविराजमा सकिएको मोर्चाको बैठकले आमहड्ताललाई जारी राख्ने निर्णय गरेको सद्भावना पार्टीका महासचिव मनिस सुमनले बताए । उनका अनुसार अव मोर्चाले राजमार्ग र नाका केन्द्रित हड्ताल गर्नेछ ।

बैठकले आन्दोलनलाई थप सशक्त बनाउन अन्य पक्षसँग पनि कार्यगत एकता गर्ने निर्णय गरेको छ । कार्यगत एकताका लागि वार्ता गर्न एक कार्यदल समेत बनाइएको छ ।

उक्त कार्यदलमा संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ, तमलोपाका गोविन्द चौधरी, सद्भावना पार्टीका मनिस सुमन र तमसपाका रामनरेश यादव छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>