समाचारबुधबार, आश्विन ६, २०७२

काठमाडौं नाकाबन्दी गर्ने थारुवानको चेतावनी

हिमालखबर

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आफ्ना मागहरु पूरा नगरे काठमाडौं नाकाबन्दी गर्ने चेतावनी दिएको छ ।

समितिले विज्ञप्ती जारी गर्दै पक्राउ परेका कार्यकर्ता बिना सर्त रिहाई हुनुपर्ने भन्दै काठमाडौं नाकाबन्दीको चेतावनी दिएको छ । वार्ताको वातावरण बनाउन आग्रह गर्दै समितिले सरकारले अझै वेवास्ता गरे राजमार्ग केन्द्रित आन्दोलनमार्फत नाकाबन्दी गर्ने जनाएको छ ।

सरकारले विगतमा गरेका सहमति कार्यान्वयन हुनुपर्ने माग राख्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले २३ साउनदेखि आन्दोलन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>