थप समाचारबुधबार, आश्विन ६, २०७२

प्रहरीको गोलीबाट मृत्यु भएका शत्रुधनको अन्त्येष्टी

हिमालखबर

unnamed

कुर्मीकाे शवयात्रा । तस्वीरः सुरेश विडारी

मधेश आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका पकहामैनपुर–४, का २८ वर्षीय शत्रुधन राउत कुर्मीको अन्त्येष्टी गरिएको छ ।

कुर्मीलाई शहीद घोषणा गर्ने र मृतक परिवारलाई क्षतिपूर्ती दिलाउन गृहमन्त्रालयमा सिफारिस गर्ने स्थानीय प्रशासनको निर्णयपछि अन्त्येष्टी गरिएको छ ।

अन्त्येष्टी गर्नु अघि शवयात्रा निकालिएको छ । शवयात्रापछि पकहा मैनपुरमा हिन्दू संस्कृति अनुसार उनको अन्त्येष्टी गरिएको नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य शिव पटेलले बताए ।

शवयात्रामा नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झा, संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्दीलगायतको सहभागिता थियो ।

३ असोजमा प्रहरीसँग माईस्थान गीता मन्दिर रोडमा भएको झडपका गोली लागेर गम्भीर घाइते भएका कुर्मीको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>