समाचारबुधबार, आश्विन ६, २०७२

सांसदद्वय थापा र बिकलाई अदालतले बोलायो

हिमालखबर

सभासद थापा र बिकलाई अदालतले बोलायो

सांसद शिवलाल थापा

राष्ट्रिय जनमुक्ति पार्टीका सांसदद्वय शिवलाल थापा र सिमाकुमारी बिकलाई सर्वोच्च अदालतले बोलाएको छ ।

प्रधान न्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले थापा र बिकको सांसद पद खारेजी सम्बन्धी विषयमा छलफल गर्न सात दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

अदालतको उत्प्रेषण आदेशमा भनिएको छ, “निवेदकले अन्तरिम आदेश समेतको माग गरेको देखिएकोले सो सम्बन्धमा छलफल गर्न ७ दिनको समय दिई विपक्षीहरूलाई झिकाई नियम बमोजिम गर्नु । ”

अदालतले १२ असोजका लागि पेशी तोकेको अधिवक्ता चन्द्रकान्त ज्ञवालीले हिमालखबरलाई जानकारी दिए ।

ज्ञवालीले सभासदद्वयले पार्टीबाट राजीनामा दिएर स्वीकृत भईसकेपछि नयाँ पार्टी खोलेकाले पद खारेज हुने देखिएको बताए । कानुनतः समानुपातिक सभासद पठाउने अधिकार सम्बन्धित पार्टीलाई हुने ज्ञवाली बताउँछन् ।

थापाले आफ्नो नेतृत्वमा राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) गठन गरेको घोषणा गरेका छन् ।

Karan Dekhau aadesh

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>