समाचारबिहीबार, आश्विन ७, २०७२

वार्ताका लागि तीन दलले संयुक्त आह्वान गर्ने

हिमालखबर

प्रमुख तीन राजनीतिक दलले आन्दोलनरत मधेश केन्द्रित दलहरुलाई वार्ताका लागि पुनः संयुक्त आह्वान गर्ने भएका छन् ।

असन्तुष्ट मधेश केन्द्रित दललाई बन्द, हडताल र बल प्रयोगका कार्यक्रम छाडेर वार्तामा बस्न आह्वान गर्ने भएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तराई–मधेसमा जारी आन्दोलनको समीक्षा हुनुका साथै असन्तुष्ट दललाई वार्तामा आउन पुनः संयुक्त आह्वान गर्ने र सहमतिका लागि खाका बनाइने बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताए ।

उनले खाका दिउँसो २ः३० बजे बजे बैठकल तय गर्ने बताए । उपसभापति पौडेलले आन्दोलन रोकेर, बन्द हडताल रोकेर आउन असन्तुष्ट दललाई आह्वान गर्ने जनाउँदै भने, “वार्तामा आउनुस्, ठोस प्रस्तावबारे त्यहीँ छलफल हुन्छ ।”

नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधानको निर्माणपछि यसको कार्यान्वयनका विषय तथा असन्तुष्ट दललाई मुलुकमा तनाव र हिंसा तथा नाकाबन्दीजस्ता काम नगरी जनजीवन सामान्य बनाउन आह्वान गरिने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>