समाचारबिहीबार, आश्विन ७, २०७२

भारतले काँकडभिट्टा नाकामा कडाई गर्‍याे

हिमालखबर

भारतले पूर्वी नेपालको काँकडभिट्टासँग सीमा जाेडिएकाे भारतीय नाका पानीटंकीमा  कडाई गरेको छ ।

सीमापारी पानीटंकीमा नेपाल छिर्ने मालबाहक ट्रकको लर्काे कम्तिमा ६ किलोमिटर लामो भइसकेको छ । यी ट्रकहरुलई पानीटंकी भन्सार नाकाले नेपाल पस्न नदिएको बताइएको छ ।

यो नाकाबाट दैनिक कम्तिमा १०० मालबाहक ट्रक नेपाल आउने गर्थे । ६ भदौसम्म स्वभाविक आवागमन भएको भारतीय भन्सार नाकाबाट ७ भदौ दिँउसो २ बजेसम्ममा ६ वटा मात्रै मालबाहक सवारी नेपाल पठाइएको छ ।

नेपाल छिर्नेमा ४ वटा नेपाली नम्बर प्लेटका र २ वटा भारतीय नम्बर प्लेटको रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरिक्षक श्याम अधिकारीले बताए । सीमास्थित अर्का एकजना अधिकारीले दिल्लीको निर्देशनमा भन्सारमा कडाई गरिएको बताए ।

-गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>