समाचारबिहीबार, आश्विन ७, २०७२
सहयोगको बद्ला कसैको कठपुतली भइन्नः नेता नेपाल
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो देशको हितमा निर्णय लिन नेपाली जनता सक्षम रहेको बताएका छन् ।
संविधान जारी भएको खुशियालीमा ७ असोजमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले आफ्नो देशबाट भारत र चीन विरोधी गतिविधि हुन नदिने दृढता व्यक्त गर्दै थपे, “सहयोग गरेँ भन्दैमा स्वतन्त्र राष्ट्रलाई कसैले पनि कठपुतली बनाउन खोज्नु हुन्न ।”
उनले नेपाली जनताको निर्णयलाई छिमेकी मुलुकले सम्मान गर्नुपर्नेमा जोड दिए ।
नयाँ संविधानको घोषणासँगै राजनीतिक सङ्क्रमण टुङ्गिएको बताएका नेता नेपालले अब मुलुकलाई आर्थिक विकास र समृद्धितिर डोर्याउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>