समाचारबिहीबार, आश्विन ७, २०७२
रौतहटमा मोर्चाका आठ कार्यकर्ता पक्राउ
रौतहटको गौर भन्सार कार्यालय नजिक धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका ८ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
धर्ना शुरु गरेको केही समयपछि प्रहरीले सङ्घीय समाजवादी फोरमका केन्द्रीय सदस्य रामकिशोर यादवसहित आठजनालाई पक्राउ गरेको हो ।
निषेधित क्षेत्र उल्लङ्घन गर्दै क्रान्तिद्वार अगाडि धर्नामा बसेका आठजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सङ्घीय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष धर्मेन्द्र पटेल, कोषाध्यक्ष सर्फलाल यादव, पासपतराय यादव, एमाओवादीका राजेशकुमार साह, तराई मधेस राष्ट्रिय अभियानका ललित मल्लिक सानु, विद्यार्थी नेता प्रकाश यादव र ललन यादव छन् ।
पक्राउ परेका मोर्चाका कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>