थप समाचारबिहीबार, आश्विन ७, २०७२
भैरहवाका पत्रिका र एफएम बन्द
विगत ४१ दिनदेखि भइरहेको बन्दका कारण दोहोरो चेपुवामा परेका भैरहवा क्षेत्रबाट प्रकाशित पत्रिका र एफएम रेडियो बन्द भएका छन् ।
प्रशासन र आन्दोलनकारीले चेपुवामा पारेको भन्दै भैरहवा सञ्चालित दुई एफएम र पाँच पत्रिका ७ असोजदेखि बन्द गरिएको मिडिया सञ्चालकहरुले जनाएका छन् ।
मिडिया सञ्चालकले संयुक्तरुपमा प्रेस वक्तव्य जारी गर्दै वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन् । आन्दोलनरत क्षेत्रमा मिडियाकर्मीलाई सहजता नहुँदासम्मका लागि यस क्षेत्रबाट सञ्चालित सबै पत्रिका र एफएम बन्द गरिएको जानकारी विज्ञप्तिमा गराइएको छ ।
प्रेस वक्तव्यमा रुपन्देही एफएम, सिद्धार्थ एफएमका स्टेसन म्यानेजर शङ्कर पाण्डे, लुम्बिनी खबर पत्रिका सम्पादक नरेश केसी, बुद्धध्वनि साप्ताहिकका सञ्चालक शारदा मल्ल, नारीबिम्ब साप्ताहिकका प्रकाशक सम्झना शर्मा, लुम्बिनी पोस्टका सञ्चालक दीपक घिमिरे, गौतम बुद्ध सन्देशका सञ्चालक माधव न्यौपानले हस्ताक्षर गरेका छन् ।-रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
