Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वीरगञ्जको सीमाक्षेत्रमा झडप - Himalkhabar.com

थप समाचारबिहीबार, आश्विन ७, २०७२

वीरगञ्जको सीमाक्षेत्रमा झडप

हिमालखबर

वीरगञ्ज र भारतको रक्सौल जोडने पुलमा प्रदर्शनकारी । तस्वीर: सुरेश विडारी

वीरगञ्ज र भारतको रक्सौल जोडने पुलमा प्रदर्शनकारी । तस्वीर: सुरेश विडारी

वीरगञ्जको भारतीय सीमासँग जोडिएको क्षेत्रमा मोर्चाका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

वीरगञ्ज र भारतको रक्सौललाई जोड्ने मितेरी पुल क्षेत्रमा मधेशी मोर्चाका कार्यकता र प्रहरीबीच ७ असोज साँझ झडप भएको हो ।

नेपाल भारत नाका ठप्प पार्न भन्दै नेपाल सदभावना पार्टीका अध्यक्ष अनिल झा, सदभावना पार्टी केन्द्रीय सदस्य निजामुद्दिन समानी लगायत आन्दोलकारी ७ असोज बिहानैदेखि धर्नामा बसेका थिए ।

बिहान देखि धर्ना बसेर नाका ठप्प पारेका मधेशी दलका नेता कार्यकर्ताहरुलाइ प्रहरीले बल प्रयोग गरेर केही बेर तितरबितर पारे पनि साँझसम्म उनीहरु धर्नामा नै छन् ।

झडपका क्रममा प्रहरीले पाँच राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरुले ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको पर्साका प्रहरी नायब उपरीक्षक होमेन्द्र बोगटीले बताए ।
-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>