थप समाचारबिहीबार, आश्विन ७, २०७२
गुमेको ‘स्पेस’ प्राप्त गर्न भ्रम छरियो: महत
नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले मधेश केन्द्रित दलहरुले आफ्नो गुमेको हैसियत पुन: प्राप्त गर्न भ्रम छरिरहेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लबले ७ असोजमा आयोजना गरेको साक्षात्कारमा नेता महतले मधेश केन्द्रित दलहरुले भने जस्तो पहाडभन्दा मधेशलाई कम अधिकार दिएको पुष्टि गरे राजनीति नै छाडिदिने घोषणा गरे ।
उनले भने, “मधेशमा आफ्नो स्पेस खोज्न आन्दोलन गरिएको हो । अब हाम्रो नेतृत्वले मधेशमा गएर संविधानका धारा पढेरै मधेशी जनताले के पाएका छन भनी बुझाउनु पर्छ ।”
उनले मधेशी नेताले के चाहन्छन भन्ने भन्दा पनि मधेशी जनता के चाहन्छन भन्ने कुराको आधारमा माग संबोधन गरिनु पर्नेमा जोड दिए ।
जारी आन्दोलनमा नेपाली नागरिक मर्नु दुखद भएको भन्दै उनले मधेशमा हिंसा गराउन मधेशी दलहरु नै उद्यत भएको पनि आरोप लगाए । भने, “मधेसमा हिंसा हुनुमा राज्यलाई मात्रै दोष दिएर हुँदैन । मधेशकेन्द्रित दल पनि कम दोषी छैनन् ।”
केही मधेशकेन्द्रित दलका नेताहरु संविधानमा सहमति जनाए त्यसको जस सबैले लिने तर विरोध गरेर आन्दोलन चर्काउँदा मधेशमा गुमेको साख पुन: प्राप्त गर्न सकिने भ्रममा परेर तराईमा हिंसा फैलाएको महतको दाबी थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
