थप समाचारबिहीबार, आश्विन ७, २०७२
सिरहामा भैंसी जुलुस प्रदर्शन
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा सिरहा सदरमुकाम सिरहामा भैंसी जुलुस प्रदर्शन गरिएको छ ।
सिटी जुलुस, धोती जुलुस, पुत्ला दहन, साँस्कृतिक जुलुस, कालो दिन, कुकुर जुलुस प्रदर्शन गरिसकेको मोर्चाले सिरहामा ७ भदौमा भैंसी जुलुस प्रदर्शन गरेको हो ।
सिङमा तीन दलका नेताको नाम लेखिएका एक हुल राङा–भैंसी अघि लगाउँदै जुलुस निकालिएको हो ।
मोर्चाले करिब डेढ महिनादेखि सदरमुकाम सिरहा, लहान, मिर्चैया, धनगढी, कल्याणपुर, जिरोमाईल, सुखिपुर, बन्दिपुर, बरियारपट्टी, माडर लगायतमा दिनहुँ प्रर्दशन गर्दै आएको छ ।
श्रवणकुमार देव
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>