समाचारशुक्रबार, आश्विन ८, २०७२
तीन प्रमुख भन्सार नाकामा मोर्चाको धर्ना
महोत्तरी जिल्लाका तीन भारतसँग सीमा जोडिएका तीनवटा नाकामा आज बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका छन् ।
मधेशका सम्पूर्ण भारतीय सीमानाकामा धर्ना दिने कार्यक्रमअन्तर्गत ८ असोज बिहानैदेखि महोत्तरीको प्रमुख तीन नाकामा मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका हुन् ।
संविधानमा आफ्ना माग पूरा गराउन भन्दै मोर्चाले चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम गर्दै आएको छ ।
महोत्तरीको प्रमुख भन्सार भिठ्ठामोडमा सद्भावना पार्टी र सङ्घीय समाजवादी फोरम नेपालको संयुक्त नेतृत्वमा, दोस्रो प्रमुख नाका मटिहानीमा तराई–मधेस लोकतान्त्रिक पार्टीको नेतृत्वमा र तेस्रो प्रमुख सीमानाका सम्सीमा तराई–मधेश सदभावना पार्टीको नेतृत्वमा नेता कार्यकर्ता धर्नामा बसेका छन् ।
मोर्चाका नेता कार्यकर्ताले सीमानाकामा धर्ना दिएपछि भारतबाट नेपालतर्फ कुनै पनि सामग्री आउन सकेको छैन भने अहिले बिहान नेपाल–भारत आवतजावतमा समेत रोक लगाइएको छ ।
पछिल्लो समय नेपाल विरुद्ध अघोषित नाकावन्दी गरेको भारतलाई मधेशी मोर्चाका नेताहरुले सीमा क्षेत्रमा धर्ना गरेर सुरक्क्षा बहाना बनाउन सजिलो पारिदिएका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
