समाचारशुक्रबार, आश्विन ८, २०७२

बर्दियामा बन्द फिर्ता

हिमालखबर

मुस्लिम समुदायको पर्व बकरईद को अवसरमा बर्दियामा आज बन्द फिर्ता भएको छ ।

डेढ महिना देखि बन्द आव्हान गर्दै आईरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मुस्लीम समुदायको पर्व बकरईद को अवसरमा बन्द फिर्ता लिएको हो ।

डेढ महिना अघिदेखि थारु संर्घष समिति र मधेशी मोर्चाले आव्हान गरेको बन्दमा यातायात संचालन नहुँदा सदरमुकाम गुलरियाका यातायात व्यवसायीहरुले ३ दिन अघिदेखि बन्दको अवज्ञा गर्दै यातायात संचालन गरेका छन् ।

संविधान जारी भएको भोलीपल्ट देखि बर्दियाको राजापुर वाहेक गुलरिया, भुरीगाँउ, बाँसगढी, सानोश्री, मैनापोखर लगायत सबै क्षेत्रका बजार खुलेका छन् ।

संविधान जारी भएपछि बर्दियामा बन्दको खासै प्रभाव नपरेकाले जनजीवन सहज बनेको छ ।

७ असोज बेलुका पत्रकार सम्मेलन गरी बन्द फिर्ता गरीएको जानकारी गराउँदै मोर्चाले १० असोजदेखि सरकारी कार्यालय, वित्तिय संस्था, भन्सार नाका बन्द गर्ने समेत जनाएको छ ।

यस्तै ५ जिल्लाका थारु अगुवाहरु बीच ९ असोजमा बर्दियामा क्षेत्रीय सम्मेलन हुने भएकाले उक्त दिन आफुहरु आन्दोलनका लागि सडकमा नआउने थारु संर्घष समिति बर्दियाका प्रवक्ता देवमान थारुले जानकारी दिए ।
भावुक योगी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>