समाचारशुक्रबार, आश्विन ८, २०७२
महोत्तरीको तीन प्रमुख नाकामा मोर्चाको धर्ना
महोत्तरीको तीन प्रमुख भारतीय नाकामा बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता र कार्यकर्ताहरुले धर्ना दिएका छन् ।
मधेशको सम्पूर्ण भारतीय सीमा नाकामा धर्ना दिने कार्यक्रम अन्तर्गत ८ असोज बिहानैदेखि महोत्तरीको प्रमुख तीन नाकामा मोर्चाका नेता कार्यकर्ताहरुले धर्ना दिएका छन् ।
संविधानमा मधेशको सम्पूर्ण माग सम्बोधन गराउने उद्देश्यले मोर्चाले चरणबद्ध रुपमा विभिन्न कार्यक्रम गर्दै ४२ औँ दिनमा भारतका नाकामा धर्ना बसेका छन् ।
मोर्चाका नेता कार्यकर्ताहरु सीमानाकामा धर्ना बसेपछि भारततिरबाट नेपालमा कुनै पनि सरसामान आउन सकेको छैन भने नेपाल–भारत आउजाउमा पनि रोक लगाइएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
